गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने गोरखा जिल्लाको बारपाकमा पुगेका छन् ।
बारपाक सुलिकाेट गाउँपालिकाले भाेली आयाेजना गरेकाे भूकम्प स्मृती दिवसमा सहभागी हुन प्रचण्ड बारपाक पुगेका हुन् ।
उनी सगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे पनी बारपाक पुगेका छन् ।
भूकम्प गएको १०औं वार्षिकीको अवसरमा आयोजित भूकम्प स्मृति कार्यक्रममा सहभागी हुन उनीहरु बारपाक पुगेका हुन् ।
भाेली बारपाकमा २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रविन्दुमा बिशेष कार्यक्रमकाे आयाेजना गरीएकाे छ । बारपाक सुलिकाेटले स्मृती दिवस मनाउन भाेलीकाे लागी सार्वजनिक बिदा समेत दिएकाे छ ।


