गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले भाेली शुक्रबार सार्वजनिक बिदा दिएकाे छ । २०७२ वैशाख १२ गते बारपाक केन्द्र बनाएर गएकाे ‘गोरखामा भूकम्प’ को दिनको स्मृतिमा शुक्रबार बिदा दिएकाे हाे ।
सार्वजनिक विदाका दिन पालिका भित्रका सरकारी तथा गैरसरकारी कार्यालयहरु, बिद्यालय, स्वास्थय संस्था लगायतका सवै बन्द रहने गाउँपालिकाका अध्यक्ष बिण्णु भट्टले दिए । गाउँपालिकाले भाेली बारपाकमा बिशेष कार्यक्रम समेत आयाेजना गरेकाे छ ।
कार्यक्रममा सहभागी हुन नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री एवं गोरखा क्षेत्र नं २ का संघीय सांसद पुष्पकमल दाहाल (प्रचण्ड), माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजि श्रेष्ठ र गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डे लगायतका ब्यत्तीहरु बारपाक पुगिसकेका छन् ।
भूकम्प स्मृति दिवस मनाउनका लागी उनीहरु बारपाक पुगेका हुन् । २०७२ साल बैशाख १२ गते ११:५६ मिनेटमाम ७.८ म्याग्निच्युडको भुकम्पका कारण ९ हजारभन्दा बढीको ज्यान गएको थियो ।


