गाेरखा । जिल्लाकाे भेरी नदीमा डुबेर १ जना पुरुषकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा सिम्ता गाउंपालिका- ४ का ५८ बर्षिय गाेबिन्द पाेख्रेल भएकाे सुर्खेत प्रहरीले जनाएकाे छ ।
मलामी गएकाे उनी भेरी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनकाे शब सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराइ बाट निकालेको सह-प्रबक्ता एवं प्रहरी नायब उपरिक्षक शैलेन्द्र थापाले बताए ।
पोख्रेल हिजाे भेरी नदीमा पाैडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनकाे शव नदीबाट आज निकालिएकाे हाे ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरि बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोर सहितको सुरक्षाफौजले पाेख्रेलकाे शव दिउँसो ५० फिट गहिराईबाट निकालेको सह-प्रबक्ता थापाले जानकारी दिए ।


