गोरखा । संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ गर्दै जानुपर्नेमा सरकोरवालाहरुले जोड दिएका छन् । १९औँ लोकतन्त्र दिवसको अवसरमा जिल्ला प्रसासन कार्यालय गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले लोकतान्त्रिक गणतन्त्र विश्वमा नै उत्कृष्ट शासन व्यवस्था भएकाले लोकतन्त्र बिरुद्ध हुने सवै खालका गतिविधीलाई आ-आफ्नो ठाउँबाट निरुत्साहित गर्दै जानुपर्ने बताएका हुन् ।
कार्यक्रममा जिल्ला समन्व्य समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले जनता आफैले आफुलाई शासन गर्न पाउने अहिलेको व्यवस्थाको कुनै विकल्प नहुने बताए । ‘‘अहिलेको व्यवस्थामा भएका कमिकमजोरीलाई सुधार गर्दै थपउन्नत बनाउँदै लैजाने हो, उनले भने,‘‘तर अव पछाडी देशलाई फर्काउने कोसिस कतैबाट हुनुहुँदैन ।’’ लोकतान्त्रिक गणतन्त्रको १५ बर्षमा भएका महत्वपूर्ण उपलब्धीलाई दलहरुले जनतासम्म पुर्याउनुपर्ने प्रमुख थापामगरको भनाई छ ।
गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले एकात्मक राज्य व्यवस्था र केन्द्रीकृत अधिकारलाई तल्लोतहमा पुर्याएर जनतालाई अहिलेको व्यवस्थाले अधिकार प्रदान गरेको बताए । नेपालमा गणतन्त्रआएपछि विकास, निर्माणमात्र नभएर शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा थुप्रै परिवर्तन भएकोभन्दै उनले यी उपलब्धीहरु संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धी भएको बताए ।
अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेस गोरखाका सचिव किशोरजंग थापाले संघीय लोकतान्त्रिक गणतन्त्र अरुले गरेको काम भएन र चित्त बुझेन भने म आफै गर्छु भन्ने पाउने व्यवस्था भएकाले यसको अर्को कुनै विकल्प हुनै नसक्ने बताए । राजनीतिक दलका नेता र नेतृत्वबाट भएको कमिकमजोरीको दोष व्यवस्थालाई दिन नहुने उनको भनाई छ ।
‘‘लोकतान्त्रिक गणतन्त्रमा पनि केही कमिकमजोरी भए होलान्, तर त्यसको दोष व्यवस्था दिने कुरा सरासर गलत हो, थापाले भने, ‘‘अहिलेको व्यवस्थाले मात्र जनतालाई सवै खालको अधिकार दिनसक्छ, विश्वमा बनेको नेपालको राजतन्त्र हुँदा हो, राजतन्त्रले देश बनाउने भए विश्व बनेका बेला नेपाल बनाउनसक्नु पर्थ्र्यो ।’’
कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश समितिका सदस्य ध्रुबप्रसाद भट्टले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउँदै लैजानका लागि गणतन्त्रपछिको अवधीमा भएका कमिकमजोरीलाई औल्याएर सुधार गर्दै जानुपर्नेमा जोड दिए । ‘‘संविधानसभाबाट संविधान त बन्यो तर अझैपनि कतिपय कानुनहरु राजतन्त्र बनेका, राणाकालमा बनेका कानुनले राज्य सञ्चालन भइरहेका छन्, उनले भने, ‘‘त्यसलाई तत्काल फेर्नुपर्छ अनि बल्ल गणतन्त्र बलियो हुन्छ ।’’
अन्तरक्रिया कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) पार्टीका गोरखाका अध्यक्ष यादव वस्नेत, परिवार दल गोरखाका अध्यक्ष रविन्द्र थापालगायतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको वलिदानबाट प्राप्त उपलब्धी भएको बताएका छन् । कार्यक्रममा साहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले गणतन्त्रको १५ बर्षमा भएका उपलब्धी बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।


