काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षाकाे नयाँ तालिका सार्वजनिक गरेकाे छ ।
बाेर्डले वैशाख २१ गतेदेखि शुरू हुने गरी कक्षा १२ को परीक्षाको संशाेधित तालिका सार्वजनिक गरेको हाे ।
अब भने परीक्षा जेठ २ गतेसम्म चल्ने छ । यसअघि भाेलि ११ गतेदेखि कक्षा १२ काे परीक्षा गर्ने भनिए पनि काठमाडाैंमा चलिरहेकाे शिक्षक आन्दाेलनका कारण बाेर्ड पूर्वनिर्धारित समयमा परीक्षा नगर्ने निर्णयमा पुगेकाे थियाे ।



