साँकेतिक तस्बिर
बुटवल । भारतकाे जम्मू–कश्मीरकाे पहलगाममा भएकाे आतङ्कवादी आक्रमणमा परी बुटवलका सुदीप न्यौपानेकाे ज्यान गएकाे पुष्टि भएको छ ।
आतङ्कवादीले हिजो पर्यटकको समूहमाथि एक्कासी आक्रमणमा गर्दा बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय न्याैपानेकाे ज्यान गएको भारतमा रहेको नेपाली दूतावासले जनाएको हो ।
भारतीय सञ्चारमाध्यमबाट सार्वजनिक मृतकहरूको नाम/ठेगानामा पनि नेपालका सुदीप न्यौपाने र ठेगाना बुटवल उल्लेख गरिएको छ ।
सुदीप आमासहित केही दिन अगाडी मात्र जम्मू–कश्मीर घुम्न गएका थिए ।




















