कावासाेती । सुक्खा पहिरो जादा अवरुद्ध भएको नारायणगढ–बुटवल सडक सुचारु भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज (मंगलबार) बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।
सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए ।
गएकाे बैशाख १ गतेदेखी उक्त खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तारकाे काम भइरहेको छ ।


