काठमाडौं । केही दिन यताबाट देशभर गर्मी बढ्न थालेको छ । केही दिनमा नै अधिकतम तापक्रम अझै बढ्ने अनुमान गरीएकाे छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले ताताे हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिएकाे छ ।
महाशाखाका अनुसार आगामी ३ दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली छैन । त्यसैले गर्मी थप बढ्ने पूर्वानुमान गरिएकाे हाे ।
मंगलबार लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका १-२ वटा मौसम मापन केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रेकर्ड भएको थियो ।
यसैगरी मधेश प्रदेशका पश्चिमी भू-भाग, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागहरुमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस आसपास रेकर्ड भएको थियो ।


