काठमाडौं । कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । भाेली (बिहीबार) देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
यद्यपि बोर्डले परीक्षाको तालिका भने आज मात्रै सार्वजनिक गर्नेछ । बोर्डको बैठक बसेर परीक्षाको तालिका तय गर्ने निर्णय भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिए लगत्तै हालकाे लागी स्थगित भएकाे हाे ।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको हो ।




















