काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले विभिन्न १० बुँदे माग पेश गर्दै ७२ घण्टे अल्टिमेटम दिएको छ ।
मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी ट्रेड युनियनका नेताहरूले संसदीय समितिसमक्ष १० बुँदे माग राख्दै अल्टिमेटम दिएकाे हाे ।
उनीहरूले ७२ घण्टाभित्र आफ्ना माग सम्बोधन गर्दै निजामती कर्मचारी विधेयक अगाडि बढाउन आग्रह गरेकाे छ । त्यसाे हुन नसकेकाे खण्डमा आन्दोलनको अर्को चरण सुरु गर्ने चेतावनी समेमत दिएका छन् ।
निजामती विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ । संसद्को वर्षे अधिवेशन १२ वैशाखबाट सुरु हुँदैछ । त्यसै दिन नै संसद्मा विधेयक पेस हुने वातावरण बन्नुपर्ने उनीहरुले भनेका छन् ।
कस्ता छन् कर्मचारीहरुकाे माग हेराैं























