धनुषा । धनुषामा आमाले विष खुवाउँदा ३ जना छोराछोरीको ज्यान गएको छ भने आफु गम्भीर अवस्थामा उपचाररत छिन् । सहिदनगर नगरपालिका–५ स्थित बासुदेवपट्टी बस्ने ३० वर्षीया बविता साहले आफ्नै छोराछोरीलाई विषादी खुवाएकाे धनुषा प्रहरीले जनाएकाे छ ।
विष खाएर उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीय छोरी आकृति साह र २ वर्षीय छोरी आरुसी साहको ज्यान गएको प्रहरीले जनाएको छ ।
विषादी सेवनबाट गम्भीर अवस्थामा पुगेकी बविताको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको ईलाका प्रहरी कार्यालय यदुकुहाले जानकारी दिएकाे छ ।
सोमबार साँझ ६ः४० बजेको समयमा आफ्नै घरमा आमाले ३ जना छोराछोरीलाई विष खुवाएर आफूले पनि खाएकी थिइन् ।
गर्भवती रहेकी बविताको पेटमा रहेको ९ महिनाको बच्चालाई भने शल्य क्रिया गरेर जीवितै उद्धार गरिएको छ ।



