कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० को घटियाघाटमा जलेको अवस्थामा भेटिएको शवको पहिचान खुलेकाे छ ।
मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शव बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको रहेको प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले बताए ।
उनका अनुसार राना मंगलबार बिहान ४:३० बजे कोलकाता जाने भन्दै मोटरसाइकलमा घरबाट निश्किएका थिए ।
त्यस लगत्तै राना जलेको अवस्थामा फेला परेका थिए भने मोटरसाइकल पनी नजिकै जलिरहेको भेटिएकाे थियो ।
नेपाल प्रहरीको धनगढीमा रहेको कुकुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लगिएको छ ।


