रुपन्देही । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीमा रहेकाे नदीमा पाैडी खेल्ने क्रममा ३ जना बालक बेपत्ता भएका छन् । दानव नदीमा पौडी खेल्ने क्रममा ति बालकहरु बेपत्ता भएकाे रुपन्देही प्रहरीले जनाएकाे छ ।
बेपत्ता हुनेहरूमा साेही स्थानका १२ वर्षीय मुनु हरिजन, १३ वर्षीय उमेश यादव र १४ वर्षीय राज यादव भएकाे प्रहरीले पुष्टी गरेकाे हाे ।
आज दिउँसाे पाैडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका थिए । उनीहरूकाे खोजीका लागि सशस्त्र प्रहरी बल खटिएको सशस्त्र प्रहरी बल नेपालका प्रबक्ता एवं प्रहरी नायब उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिए ।


