गोरखा । लियो जिल्ला परिषद ३२५ जे नेपालको अध्यक्षमा गोरखाका युवा निर्वाचित भएका छन् । राजधानीमा हालै सम्पन्न अधिवेशनले गोरखाका बालकृण्ण परियालालाई अध्यक्षमा चयन गरेको हो ।
गण्डकी र बागमती प्रदेशमा रहेको जिल्लाहरुको लियो क्लबहरुको सहभागिता रहेको परिषदमा दाेस्राे पटक गोरखाका परियार अध्यक्षमा निर्वाचित भएका हुन् ।
परियार यस अघि लियो क्लब अफ गोरखाको अग्रेजी बर्ष सन २०२२–०२३ मा अध्यक्ष, सन ०२३–०२४ मा डिस्ट्रिक सेक्रेटरी र सन ०२४–०२५ मा डिस्ट्रिक भाईस प्रेसिडेन्ट भएका थिए ।
अहिले भने उनी सन ०२५–०२६ का लागी परिषदको अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनले उपाध्यक्षमा काठमाडौंका आशिष थापा निर्वाचित भएका हुन भने परिषदकाे बैठकले सचिवमा पोखराका शहनसिल पौडेल र कोषाध्यक्षमा काठमाडौंका दानबहादुर थापालाई चयन गरेकाे छ ।
त्यस्तैगरी, प्रमुख क्षेत्रिय संयोजमा भने परियारले बिनिता बोगटीलाई चयन गरेका छन् ।
परिषदमा हालसम्म ३५ भन्दा बढी क्लब आबद्व भएको र त्यसमा १ हजारभन्दा बढी लियो सदस्य भएको पनि उनले जानकारी दिए ।




















