गाेरखा । सप्ताकोशी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका २ जनाको खोजीकार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिरस्थित नदीमा आज बिहान नुहाउने क्रममा २ जनालाई नदीले बगाएकाे थियाे ।
बपत्ता हुनेमा खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षिय नवराज बास्तोला र सुनसरी जिल्लाको इटहरी नगरपालिका–१६ बस्ने १६ वर्षिय जेनिश आचार्य भएकाे सुनसरी प्रहरीले जानकारी दिएकाे छ ।
बिहान ८:३० बजे नुहाउने क्रममा उनीहरु नदिमा डुवेर बेपत्ता भए लगत्तै गाेताखाेरकाे टाेली परिचालन गरीएकाे शसस्त्र प्रहरी बन नेपालका सह-प्रबक्ता एवं शसस्त्र प्रहरी नायब उपरिक्षक शैलेन्द्र थापाले बताए ।
बेपत्ताहरुकाे खाेजीकाे लागी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतरा बाट सुरक्षाफौज खटिएर खोजी गरिरहेकोमा फेला नपरेपछी सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरिबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भएको उनले जानकारी दिए ।
गोताखोर सहितको टोलि घटनास्थल पुगेर खोजिकार्य शुरु गरेको छ ।
तस्बिर : शसस्त्र प्रहरी बल नेपाल


