कालिकोट । कालिकोटको पलाँतामा ट्र्याक्टर दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । आइतबार राति ११ बजेतिर पलाँता गाउँपालिका-२ लार्फ गाउँ नजिक उक्त ट्याक्टर दुर्घटना भएको कालिकाेट प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार पलाँता-९ थिर्पुबाट खाद्यान्न दिएर स्थानीय खिन जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको हाे ।
रावतका अनुसार ज्यान गुमाउनेमा पलाँता-४ की अम्मा शाही, सदु बुढा, रबिन्द्र विश्वकर्मा र खत्याड, ५ मुगुका चन्द्र प्रकाश रोकाया रहेका छन् ।


