सप्तरी । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् ।
उनलाई सप्तरी प्रहरीले आइतबार राजविराजबाट पक्राउ गरेको हो । सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पक्राउ गरिएको पुष्टि गरेका हुन् ।
राजविराजबाट पक्राउ परेका उनिविरुद्ध ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियाे ।
उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भएको छ ।
जाहेरी दर्ता भएर अदालतबाट पक्राउ पुर्जी समेत आएकाले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनलाई ललितपुर लाने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।


