काठमाडौं । नागार्जुन नगरपालिका– ७ रामकोट स्थित बद्रीनारायण धाममा आगामी वैशाख १९ देखि २७ गतेसम्म हुन गई रहेको प्राण प्रतिष्ठा एवं अनुष्ठान कार्यक्रमको पूर्व तयारी स्वरूप प्रचार प्रसारका लागि आज काठमाडौंमा वाकाथन गरिएको छ ।
नारायण पोखरेल प्रतिष्ठान र अल नेपाल स्पोर्टस फाउण्डेशनको संयुक्त आयोजनामा सितापाईला चोकदेखि बद्रीनारायण धामसम्म वाकाथन गरिएको हो ।
पैदल यात्रामा दिनबन्धु पोखरेलसहित विभिन्न व्यक्ति तथा सङ्घ संस्थाहरू उपस्थित रहेका छन् ।




















