प्रतीकात्मक तस्बिर
दाङ । दाङमा हिजाे साँझ भएकाे बस दुर्घटनामा परी २ जनाको ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा दाङ घोराहीकी पुष्पा डाँगी र राजपुर गाउँपालिका–५ का निलसरोज यादव भएको प्रहरीले पुष्टी गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय दाङले दिएकाे जानकारी अनुसार कपिलवस्तुको कृष्णनगरबाट छुटेको बा. ३ ख ७९९६ नम्बर बस हिजो बेलुका दाङको राप्ती गाउँपालिका–५ लठ्ह्वामा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी ७ जना घाइते भएका छन् । उनीहरुको सिसहनियाँ र लमहीमा उपचार भइरहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले बताए ।




















