प्रतिकात्मक तस्बिर
बारा । पत्रकार हुँ भनेर व्यापारीलाई धम्की दिने १ जनालाई प्रहरीले प्रसौनी गाउँपालिबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१० घर भएका ४५ वर्षीय विष्णु सर्राफ भएकाे प्रहरीले पुष्टी गरेकाे हाे ।
उनले व्यापारीलाई धम्की दिएर रकम असुलेको भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले बताए ।
पक्राउ परेका सर्राफका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएकाे छ ।




















