प्रतिकात्मक तस्बिर
डोटी । डोटीमा सिकार खेल्न गएका मध्य गोली लागेर १ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा बडीकेदार गाउँपालिका-२ का नरेश सार्कि भएको डाेटी प्रहरीले पुष्टी गरेकाे हाे ।
बिहिबार दिउसो बडीकेदार गाउँपालिका-१ बेडुपाटा खोलाको किनारमा शिकार खेल्न जाँदा बडीकेदार गाउँपालिका-१ रजेडका बर्ष ४८ का कमल सिँह खड्काकाले बोकेको भरुवा बन्दुक पड्किदा नरेश सार्किको दायाँ छातिमा गोली लागी घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।
घटनामा संलग्न गरेका बडीकेदार गाउँपालिका-१ रजेडाका बर्ष ४८ का कमल सिँह खड्का, सोही स्थानका बर्ष २६ का खेम खड्का, बर्ष ५२ का तारा सिँह खड्का बडीकेदार गायँपालिका-२ बर्छैन बस्ने बर्ष ३९ का तेजेन्द्र भाट सोही स्थानका बर्ष ४० का अम्मर शाह, बर्ष ३१ का चक्र भाट, बर्ष १८ का सुनील बम, बर्ष ३७ का गणेश घर्तिमगर, बर्ष ७१ का मानबहादुर शाह र बडीकेदार-२ गर्भुजा बस्ने बर्ष २६ का जुलेश नामजाली मगर लाई पक्राउ गरीएकाे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिए ।




















