काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवनले धनगढी एफसीलाई हराएको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको लिग चरणको अन्तिम खेलमा चितवनले धनगढीलाई ३–१ ले हराउँदै प्लेअफमा प्रवेश गरेको हो ।
जीतसँगै ६ खेलमा १० अङ्क जोडेको चितवन तेस्रो स्थानमा रहेको छ ।
पहिलो हार ब्यहाेरेकाे धनगढी समान खेलबाट ११ अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै ८ अङ्क रहेको काठमाडाैं रेजर्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।
चौथो स्थानमा रहेको पोखरा थन्डर्ससँग समान ८ अङ्क रहे पनि गोल अन्तरमा पछि पर्दै काठमाडाैं बाहिरिएको हो ।
नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो सेमिफाइनलमा भोलि ललितपुर सिटी एफसी र धनगढी खेल्नेछन् ।




















