हुम्ला । हुम्लामा आज बिहान अत्याधिक वर्षा पछी गएकाे पहिराेमा परी अदानचुली गाउँपालिका-३ मा रहेको एक गोठभित्र पुरिएर २६ वटा बाख्रा मरेका छन् ।
अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० बाख्रामध्ये २६ वटा पहिरोमा पुरिएर मरेका हुन् ।
गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको छ । बाँकी बाख्रा हराइरहेकाले खोजी भइरहेको छ ।
बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीकाे अस्थायीमा समेत क्षती पुर्याएकाे हुम्ला प्रहरीले जनाएकाे छ । वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, १ घर र १ भेडीगोठमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।


