काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेशबाट आएकाे १ जना युवकलाई दुर्व्यवहार गर्ने ३ जना प्रहरी जिम्मेवारीबाट हटाइएकाे छ ।
गएको चैत ३१ गते दुबईबाट फर्किएका युवकलाई लछारपछार गरी दुर्व्यवहार गर्ने ३ जना प्रहरी विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइएकाे हाे ।

तिनै जनालाई काठमाडाैं उपत्यका प्रहरी कार्यालयमा झिकाईएकाे र उनीहरु माथी छानबिन तथा अनुसन्धान भइरहेको प्रहरीको विज्ञप्ति मार्फत जानकारी गराएकाे छ ।



