गाेरखा । गाेरखा बुंकाेटका १ जना युवक त्रिशुली नदीमा मृत्त फेला परेका छन् ।
मृत्तक ब्यती शहिद लखन गाउँपालिका-७ बुङकोट घर भएका २९ वर्षीय निरञ्जन खनाल भएकाे पुष्टी भएकाे चितवन प्रहरीले जनाएकाे छ ।
खनालकाे मृत्त शरिर देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशुली नदीको किनारमा फेला परेकाे हाे ।
सोमबार मृत अवस्थामा फेला परेका उनकाे कानूनी प्रकृया पुरा गरेर शव आफन्तलाई बुझाएकाे चितवन प्रहरीले जानकारी दिएकाे छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।


