जाजरकाेट । जिल्लामा एकै दिन २ पटक भूकम्पकाे धक्का महशुस गरीएकाे छ । सोमबार राति ९:३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो त्यसको करिब ७ घण्टापछि बिहान ४:५३ मिनेट जाँदा अर्को भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान पनि कुशे गाउँपालिकाको पैंकलाई नै केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन ।
पछिल्लो समय पश्चिम नेपाललाई केन्द्र बनाएर साना-साना भूकम्प गइरहेका छन् ।


