गोरखा । गोरखा सदरमुकाममा दिउसो भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको ज्यान गएको छ भने अर्का १ जना गंभिर घाईते भएका छन् ।
दुर्घटनमा ज्यान गुमाउने भिमसेन थापा गाउँपालिका–६ अश्राङ बस्ने केशव पाण्डे भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी सरोज कार्कीले जानकारी दिए ।
ज्यान गुमाउने पाण्डे मोटरसाईलक चालक भएको प्रहरीले जानकारी दिएको छ । सोही दुर्घटनामा परी सोही स्थानका रबिन पाण्डे गंभिर घाईते भएका छन् । उनको गोरखा अस्पतालमा सामान्य उपचार पछी थप उपचारको लागी काठमाडौं पठाइएको छ ।
बिहान १ः१५ बजेको समयमा काठमाडौंबाट गोरखा तर्फ आउदै गरेको बा. ८८ प ९७६२ नम्बरको मोटरसाईकल गोरखा नगरपालिका–९ को ठिगुरेश्वारामा दुर्घटनामा परेको थियो ।
मोटरसाईकल अनियन्त्रित भएर दुर्घटनामा परेको गोरखा प्रहरीले जानकारी दिएको छ । दुर्घटना लगत्तै उद्वारगरी गोरखा अस्पतालमा उपचार भई रहेको अवस्थामा केशव पाण्डेको ज्यान गएको थियो ।
घटनाको अनुसन्धान सुरु गरीएको प्रहरीले जानकारी दिएको छ । ॠ


