काठमाडाैं । आज नयाँ वर्षको पहिलाे दिन देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपातको समेत सम्भावना छ । यतिखेर भने देशका धेरै ठाउँको मौसम सफा छ ।




















