प्रतिकात्मक तस्बिर
गाेरखा । सम्बन्ध बिग्रिएपछि आफन्तलाई अश्लील भिडिओ–फोटो पठाएर ब्ल्याकमेलिङ गरेको आरोपमा गाेरखाकी १ जना महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ सातधुेर घर भएकी ३० वर्षीया बिन्दु परियार भएकाे नेपाल प्रहरीकाे इन्टरपोल शाखाले जनाएकाे छ ।
उनलाई इन्टरपोल शाखाको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । मलेसियाबाट नेपाल आउँदै गर्दा उनी विमानस्थलमै पक्राउ परेकी हुन् ।
सामाजिक सञ्जालमार्फत चिनजान भएका १ जना विवाहित युवकसँग सम्बन्ध रहेको र सम्बन्ध बिग्रेपछि उनले ती युवकका अश्लील भिडिओ र फोटो उनको परिवारलाई पठाएको आरोप उनी माथी लागेकाे छ ।




















