गोरखा । बुढी गण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १ जना बालकका शव ८ दिन पछी फेला परेको छ ।
गएको चैत्र २३ गते साँझ ६ बजेको समयमा पौडी खेल्ने क्रममा बेपत्ता १२ बर्षिय निकेष नेपालीको शव हिजो शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
गण्डकी गाउँपालिका–८ घ्यालचोकको बसेरीका स्थानिय नेपालीको बेपत्ता पछी ब्यापाक रुपमा खोजी भएको थियो ।
बेपत्ता नेपालीको स्थानिय, उनका परिवार, नेपाल प्रहरी र शसस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरीएको थियो ।
खोजतसालकै क्रममा चैत्र ३० गते शनिबार दिउसो ५ बजे गण्डकी गाउँपालिका–७ घ्यालचोककै त्रिशुली नदी किनारमा भंगालमा फेला परेको सूचना अधिकारी शर्माले बताए ।
मृत्तक नेपालीको शव पोष्टमार्टमका लागी प्रार्थमिक स्वास्थ्य केन्द्र गजुरी धादिङमा पठाएकोमा कानूनी प्रकृया पूरा गरी आफन्तको जिम्मा लगाईएको पनि सूचना अधिकारी शर्माले बताए ।


