गाेरखा । गोरखा नगरपालिका गोरखाले नगर क्षेत्रको सौन्र्दयता विग्रने गरि अव्यवस्थित ग्यारेज सञ्चालल तथा फूटपाथ अतिक्रमण नगर्न निर्देशन दिएको छ ।
नगरपालिकाकाले एक सार्वजनिक सूचना जारी गर्दै ठिंगुरेश्वाँरादेखि हरमटारी प्रतिक्षालयसम्म क्षेत्रमा मोटरसाइकल तथा गाडी ग्यारेजहरुले फूटपाथ अतिक्रमण गरेर अव्यवस्थित रुपमा व्यवसाय सञ्चालन गर्दा नगरको सौन्र्दयता बिग्रन भएको भन्दै तत्काल व्यवस्थित गर्न निर्देशन दिएको हो ।
अव्यवस्थित रुपमा सञ्चालनमा रहेका गाडी ग्यारेज तथा वर्कसपहरुलाई १५ दिन भित्रमा बारबन्धन गरी बजारको सौन्र्दयता नविग्रने गरी फोहोरको उचित व्यवस्थापनसहित व्यवसाय सञ्चालन गर्नपनि नगरपालिकाले अनुरोध गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले बताए ।
नगरको सौन्र्दय बिग्रन जाँदा नगरपालिकाले घोषणा गरेको पर्यटन बर्ष २०२५ समेतमा असर पर्न जाने र गोरखा आउने पर्यटक माँझ नकारात्मक सन्देश जानसक्ने त्यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।
त्यस्तै फुटपाथमा पैदलयात्रुलाई समेत जथभावी पार्किङ र अव्यवस्थित व्यवसाय सञ्चालनले दुर्घटना निम्त्याउन सक्ने भएकाले नगरपालिकाले निर्धारण गरेको फूटपाथ मापदण्ड अनुसार सडक नाली किरानादेखि ३.५ मिटर दाँयाबाँया छोडेरमात्र आफ्ना ग्यारेज तथा मोटरसाइकल वर्कसप सञ्चालन गर्न निर्देशन दिइएको हो ।
नगरपालिकाको निर्देशनलाई अटेरी गरे नियमानुसार कारवाही गर्ने नगरपालिकाले चेतावनी समेत दिएको छ ।




















