गोरखा । सवारी ज्यान मुद्वामा दोषी प्रमाणित भएपछी फरार भएका १ जना ब्यत्तीलाई गोरखा प्रहरीले ९ बर्ष पछी पक्राउ गर्न सफल भएको छ ।
पक्राउ परेका ब्यत्ती पालुङटार नगरपालिका–१ खोप्लाङका ३६ बर्षिय कुमारबावु नेपाली भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
पक्राउ परेका नेपालीलाई गोरखा जिल्ला अदालतले ९ बर्ष अगाडी नै १ बर्ष १० महिना २२ दिन कैद सजाय हुने फैसला गरेको थियो ।
फैसला लगत्तै फरार रहेका उनलाई प्रहरीले चैत्र २७ गते बुधबार खोप्लाङबाट पक्राउ गरेको हो ।
तात्कालिन अवस्थामा लापर्वाही पूर्वक सवारी चलाएर अर्काको ज्यान गएपछी सवारी ज्यान मुद्वामा कैद फैसला भएको पनि सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
नेपालीलाई प्रहरीले बिहीबार अदालतमा उपस्थित गराएको थियो । अदालतले कैद भुक्तानकालागी गोरखा कारागार चलान गरेको पनि उनले बताए ।


