गोरखा । उत्तरी गोरखामा भारी हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाकाे विभिन्न स्थानमा गएरातीदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
चैतको अन्तिमसातामा परेको हिमपातले चिसो बढेको उनले बताए । हिमपातका कारण त्यसक्षेत्रको जनजीवन प्रभावित भएको छ ।
‘‘आजरातीदेखि नै साम्दो र आसपासका क्षेत्रमा परेको हिमपातले घरका छानादेखि जमिनसम्म ढाकिएका छन्, उनले भने ‘‘हिमपातले यसक्षेत्रमा चिसो एक्कासी बढेको छ ।’’
साम्दोगाउँ समुन्द्री सतहदेखि ३ हजार ८७७ मिटरको उचाईमा पर्दछ । हिमपातका कारण लार्केपास गर्न हिडेका पर्यटकहरु रोकिएका छन् । स्थानीयबासीहरु घर बाहिर निस्कन कठिनाइ भएको छ ।
हिमपात परेसंगै पर्यटकहरु होटलहरु आश्रय लिएर बसेको अध्यक्ष लामाले बताए । लार्केपास पदमार्गमा पुरै हिउँले ढाकेको छ ।
तस्बिर : निमा दाेर्जे लामा/साम्दाे





