बझाङ । बझाङमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ। बुधबार साँझ वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
बर्षा संगै केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको पनि उनले जानकारी दिए । बुधबार साँझको पानीपछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध सडक सञ्चालनकाे प्रयास भईरहेकाे प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताए ।




















