गोरखा । बालिका माथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–५ छोप्राक धारापानीका ५० बर्षिय राजेन्द्र पोखरेल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले बताए ।
उनका अनुसार आरोपित पोखरेलले गएको चैत्र २५ गते सोमबार बिहान १०ः३० बजेको समयमा स्थानिय १३ बर्षिया बालिकालाई सार्वजनिक स्थानमा यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।
बालिकाको आफन्तले प्रहरीमा किटानी जाहेरी दिए लगत्तै पोखरेललाई गोरखा प्रहरीले पक्राउ गरेको थियो ।
आरोपित माथि बालयौन दुरुपयोग शिर्षकमा मुद्वा दर्तागरी बुधबार जिल्ला अदालत गोरखाबाट अनुसन्धानकालागि ७ दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ ।
प्रहरीले घटनाका सम्वन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ ।



