गोरखा । उत्तरी गोरखाको ठुलो भिरबाट लडेर १ जना पुरुष गंभिर घाईते भएका छन् ।
घाईते हुनेमा बारपाक सुलिकोट गाउँपालिका–७ अमले देउराली घरभई हाल चितवन निवासी ६६ बर्षका धनबहादुर गुरुङ भएको वडाध्यक्ष कृण्ण गुरुङले बताए ।
वडाध्यक्ष गुरुङका अनुसार दाजु बितेर परिवार भेट गोरखा आएका उनी हिडेर जादै गर्दा ठुलो भिर भन्ने स्थानबाट लडेका थिए । घाईते गुरुङ भिरबाट ६५ मिटर तल खसेका थिए ।
घाईते गुरुङको टाँउकोमा गंभिर चोट लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
घाईतेलाई उद्वार गरी गोरखा अस्पतामा सामान्य उपचार पछी थप उपचारकोलागि चितवन रिफर गरीएको पनि सूचना अधिकारी सुवेदीले बताए ।


