बागलुङ । बागलुङको ताराखोला गाउँपालिका-३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् ।
करिब ५० वर्षीय भण्डारी बुधवार मृत भेटिएका हुन् ।
भण्डारी आफ्नै घरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएकाे हाे ।
घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


