नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरकाे दाउन्ने खण्डकाे सडक आजदेखि दैनिक ६ घण्टा बन्द गरेर काम हुने भएकाे छ ।
सडक विभागको आयोजना निर्देशनालेयले सार्वजनिक गरेकाे सेडुल अनुसार चैत्र ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउसाे ३ बजेसम्म र वैशाख १ गतेदेखि १५ वैशाखसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी बन्द गरेर काम गर्न लागिएकाे हाे ।
बन्दकाे समयमा सवारीहरु रोक्ने ठाउँसमेत निर्धारण गरिएकाे छ । आयोजनाका अनुसार नारायणघाटबाट बुटवलतर्फ जाने यात्रुवाहक गाडी होङ्सी सिमेन्ट गेटदेखि दुम्कीबास बजार खण्डसम्म रोक्नीने छन् । मालवाहक गाडीलाई चोरमारा–अरुणखोला खण्डमा रोक्नीने छ ।
त्यस्तै बुटवलबाट नारायणघाटतर्फ आउने यात्रुवाहक गाडी चिसापानी–बर्दघाट र मालवाहक गाडी ज्यामिरे–हकुई खण्डमा रोकीने आयोजनाले जनाएको छ ।
गाडी रोक्दा र चलाउँदा कडाइसाथ आफ्नो लेन अनुशासन कायम राख्न र ओभरटेक नगर्न समेत आयोजनाले आग्रह गरेको छ ।


