काठमाडाैं । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिए संगै आज उपत्यकासहित देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।
देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको र बंगालको खाडीबाट जलवाष्पयुक्त हावासमेत भित्रिएकाले पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।
अहिले झापा, सुनसरी, सिराहा, धनकुटा लागयतका जिल्लामा पानी परी रहेको र दिउँसोपछि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
आज भन्दा भोलि केही ठूलो पानी पर्ने सम्भावना रहेकाे पनी महाशाखाले जनाएकाे छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा शुक्रवार दिउँसोसम्म रहने अनुमान् छ ।
आज र भाेली पर्ने पानीले देशैभरकाे वायु प्रदूषण उल्लेख्य रुपमा घटाउने सम्भावना रहेको पनि महाशाखाले अनुमान गरेकाे छ ।


