×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३५ मिनेट अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ११ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

ठगलाई उल्टै ३ पटक ठग्ने चतुर भूपेन्द्रले

  •  गोरखा समाचार
  • बुधबार, चैत २७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । तपाईंले ठगीका धेरै घटनाहरूको बारेमा सुन्नुभएको होला भूपेन्द्र सिंह नामका एक टिभी पत्रकारले आफूलाई ठगी गर्न खोज्ने ठगलाई उल्टै ठगीदिएका छन् । भारतको कानपुरका भूपेन्द्रले त्यो ठगलाई एक पटक होइन लगातार तीन पटकसम्म ठगिदिएपछि यो घटनाको निकै चर्चा भइरहेको छ ।

    टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार ठगीको यो सिलसिला मार्च ६ मा सुरु भएको थियो । त्यो दिन उनी आफ्नो विवाहको एनिभर्सरीको तयारीमा व्यस्त थिए । उनलाई एउटा फोन आयो । फोन उठाउने बित्तिकै अर्को तर्फबाट गम्भीर आवाज आयो – ‘म एक सीबीआई अधिकारी हुँ।’

    त्यसपछि कथित सीबीआई अधिकारीले धम्कीपूर्ण स्वरमा भने – ‘हामीसँग तिम्रो अश्लील भिडियोहरू छन्, मुद्दा दर्ता गरिएको छ।’ कुरा सुनेपछि भूपेन्द्र डराए । भूपेन्द्रलाई यो केस बन्द गर्नको लागि १६ हजार रुपैयाँ तिर्नुपर्ने बताइयो र नक्कली एफआईआरको प्रतिलिपि उनलाई पठाइयो। भूपेन्द्रले पैसा जुटाउन १ दिनको समय मागे ।

    सुरुमा त भूपेन्द्र डराएका थिए । तर उनले यस विषयमा खोजी गर्दै जाँदा थाहा पाए – यस्ता किसिमका केस सीबीआइले हेर्दैन, स्थानीय प्रहरीले हेर्छ । उनले आफूलाई पठाइएको केस दर्ता गरेको कागज पनि गुगल लेन्समा अपलोड गरे । गुगल लेन्सले यी कागजात पनि फर्जी भएको बतायो । त्यसपछि भने उनले ठगलाई उल्टै ठगी गर्ने योजना बनाए ।

    भोलिपल्ट ठगको फोन आयो । उनले आफूले एउटा चोरीको सुनको सिक्री सुन पसलमा ३ हजार रूपैयाँ सापटी लिएर धितो राखेको हुँदा त्यो छिटाउन ३ हजार रूपैयाँ चाहिएको बताए । भूपेन्द्रको कुरा पत्याएर ठगले पनि उनलाई युपीआइमार्फत ३ हजार पठायो ।

    भोलिपल्ट फेरि फोन आयो । यस पटक भूपेन्द्रले सुन पसलेले सिक्री चोरीको भएको कुरा थाहा पाएको र ऊ लोभी भएर अझै ५ हजार मागेको बताए । कुराकानीको क्रममा भूपेन्द्रले आफू निकै आत्तिएको महसुस हुने गरि गम्भीर शैलीमा कुरा गरे । ठगले उनको कुरा पत्यायो र फेरि ४ हजार ८८० रूपैयाँ पठायो ।

    अर्को दिन फेरि ठगको फोन आयो । भूपेन्द्रले आफूले सिक्री पाएको र यो धितो राखेर १ लाख १० हजारसम्म ऋण पाउन सक्ने बताए । यसको लागि धितो राख्ने कम्पनीले आफूसँग प्रोसेसिङ चार्ज भनेर ३ हजार मागेको पनि उनले बताए । उनले प्रोसेसिङ चार्जबारे उल्लेख भएको नक्कली कागज पनि पठाए । ठगले उनको कुरा फेरि पत्यायो र फेरि ३ हजार पठायो ।

    मार्च १० मा, जब ठगी गर्ने व्यक्तिले फेरि भूपेन्द्रलाई फोन गरेर आफ्नो पैसा फिर्ता मागे, भूपेन्द्रले नयाँ बहाना बनाए। उनले चेन धितो राखेर १,१०,००० रुपैयाँसम्मको ऋण लिन सकिने बताए, तर यसका लागि ३,००० रुपैयाँ प्रशोधन शुल्क लाग्ने बताए। ठगी गर्ने व्यक्ति डरायो र अर्को ३,००० रुपैयाँ पठायो।

    ठगबाट कूल १० हजार ८८० रूपैयाँ ठगेपछि भने भूपेन्द्रले साइबर क्राइम सेलमा यसबारे जानकारी दिए । भूपेन्द्रले ठगको फोन काट्न थालेपछि ठगले आफू उल्टै ठगिएको थाहा पायो र भूपेन्द्रसँग आफ्नो पैसा मात्रै भए पनि फिर्ता गरिदिन बिन्ती गर्न थाल्यो । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    बुधबार, चैत २७, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.