गोरखा । आइतबार बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक २ दिनसम्म पनि फेला परेका छैनन् ।
गण्डकी गाउँपालिका–८ घ्याल्चोकका ११ बर्षिय बालक निकेस नेपालीलाई पाैडी खेल्ने क्रममा बसेरीबाट नदीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
आइतबार अन्दाजी साँझ ६ बजेको समयमा नेपाली बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएकाे थियाे । उनकाे खाेजी साेमबारदेखी शसस्त्र प्रहरी बलकाे गाेताखाेर टाेलीले गरीरहेकाे छ ।
आइतबारदेखी हराएका नेपालीकाे खाेजीकाेलागि साेमबार बिहानैदेखी गाेताखाेर टाेलीले गरी रहेकाे छ । साेमबार साँझसम्म पनि फेला नपरेपछी आज पनि बिहानैदेखी नदीमा गाेताखाेरहरुले खाेजबिन सुरु गरेकाे गाेरखा प्रहरीले जानकारी दिएकाे छ ।
उनकाे खाेजीकाेलागि परिवार, स्थानिय, नेपाल प्रहरी र शसस्त्र परिचालित गरिएकाे छ ।
तस्बिर : शसस्त्र प्रहरी बल नेपाल




















