काठमाडाैं । आज देशका धेरै ठाउँमा ३-४ दिनसम्म हल्का पानी पर्ने संभावना देखिएकाे छ । बंगालको खाडीबाट नेपालतर्फ आएको जलवाष्पयुक्त हावासँगै पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभावको कारण मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको हाे ।
विभागले काठमाडाैं उपत्यकामा आज दिउँसोपख हल्का पानी पर्ने सम्भावना रहेकाले वायु प्रदूषण पनि कम हुन सक्ने अनुमान गरेकाे छ ।
छिटपुटदेखि हल्का वर्षासँगै हावाहुरी पनि चल्ने सम्भावना देखिएकाले हिजोअस्तिको तुलनामा प्रदूषण कम हुने अनुमान गरीएकाे हाे ।
यतिखेर काठमाडाैंमा विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशको मौसम बदली हुनेछ ।


