काठमाडौं । तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा भएको अपराधबारे अनुसन्धान गरिरहेको प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ ।
उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई सोधपुछका लागि ल्याएकाे हाे ।
उनी माथी अरुको घरमा अनाधिकृत रुपमा प्रवेश गरेको आरोप प्रहरीले लगाएको छ । १५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो, २० जनालाई प्रहरीको गोली लागेको थियो ।
यो प्रकरणमा राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत हिरासतमा छन् भने दुर्गा प्रसाईं अहिलेसम्म पनि प्रहरीकाे हात परेकाे छैन ।


