फाईल तस्बिर
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराउने तयारी प्रहरीले गरेकाे छ । गएकाे शुक्रबार काठमाडौंमा रहेकाे आफ्नै निवासबाट पक्राउ परेका उनलाई भैरहवा लगिएकाे थियाे ।
लामिछानेलाई रूपन्देही प्रहरीले जिल्ला अदालतमा १० बजे नै उपस्थित गराउने तयारी गरेकाे छ । लामिछानेलाई अदालत उपस्थित गराई प्रक्रिया पूरा गरेपछि आजै कारागार चलान गरिने छ ।
सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको हाे ।
जिल्ला अदालतले त्यसअघि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश गरेको थियो । उक्त आदेशलाई बदर गरी साधारण तारेखमा छुट्ने आदेशको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।


