प्रतिकात्मक तस्बिर
गोरखा । उत्तरी गोरखाको मनास्लु पदमार्गमा गएको १ जना बेलायती नागरीकको ज्यान गएको छ ।
चुमनुब्री गाउँपालिका–१ को लार्केमा लडेर पासपोर्ट न. 142008988 का बर्ष- ६१ को MR. THOMPSON IAN को ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
हिजो आइतबार बिहान १० बजे हिडी रहेको बेला अचानक ढलेका उनको घटना स्थलमा नै ज्यान गएको उनले बताए ।
घटना लगत्त उनको शवलाई राजधानी लाने कोशिस गरीएको भएता पनि प्रतिकुल मौसमका कारण पठाउन नसकिएको पनि उनले जानकारी दिए ।
डिजायर एडभेन्चर ट्रेकिङ एजेन्सी मार्फत लार्के पासका लागि आएका उनको शवलाई आज राजधानी पठाउने तयारी भएको पनि सूचना अधिकारी सुवेदीले बताए ।


