साँकेतिक तस्बिर
गोरखा । आइतबार बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा १ जना ११ बर्षिय बालकलाई नदीले बगाएको छ ।
गण्डकी गाउँपालिका–८ घ्याल्चोकका ११ बर्षिय बालक निकेस नेपालीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार आइतबार अन्दाजी साँझ ६ बजेको समयमा नेपाली बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा नदीमा ढुवेका थिए ।
घटना लगत्तै बालकका परिवारले घ्याल्चोक प्रहरी चौकीमा खबर गरेको र प्रहरीको टोलीले रातीको समयमा खोजतलास गर्दा पनि हालसम्म फेला नपरेको सूचना अधिकारी सुवेदीले बताए ।
उनको आज बिहानैदेखी स्थानिय, आफन्त र प्रहरीले संयुत्त रुपमा नदी किनारमा खोजी गरीरहेको पनि सूचना अधिकारी सुवेदीले बताए ।


