अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । साेही दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् ।
मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदह सडकखण्डमा लु २ च २९९० नम्बरको जीप दुर्घटना हुँदा चालक २२ वर्षीय दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको ज्यान गएको हाे ।
जीप बिहान साढे ३ बजेतिर सडकबाट २०० मिटर तल खसेको ईलाका प्रहरी खनदहका प्रमुख प्रहरी निरीक्षक जगनाथ मरासिनीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका भुवन पाेखरेल र बसन्त पाेखरेललाई थप उपचारका लागि बुटवल लगिएको छ ।
तस्बिर : सबैकाे सन्देश


