काठमाणडाैं । काठमाडाैं आज पनि वायु प्रदूषण बढेको छ । विश्वका प्रदूषित शहरको सूचीमा काठमाडाैं आज दोस्रो स्थानमा छ ।
बिहान ७ बजे काठमाडाैंको हावाको गुणस्तर मापन सूचक एक्यूआई २११ मापन भएको छ । प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ । दिल्लीको एक्यूआई २४९ र तेस्रोमा रहेको पाकिस्तानको लाहोरको २०७ रहेको छ ।
बिहीवार खतरनाक तह पार गरेर शुक्रवारदेखि केही घटेको काठमाडाैंको प्रदूषण हिजो बेलुकादेखि फेरी बढेको हो । एक्यूआई २०० भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।
वायु गुणस्तर मापन सूचक २०० भन्दा माथि रहेकोले अति सावधानी अपनाउन चिकित्सकहरुले सल्लाह दिएका छन् । एक हप्ता अघिदेखि नै बढिरहेको प्रदूषणका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ ।




















