एजेन्सी । दक्षिण कोरियका राष्ट्रपति युन सुक योललाई संवैधानिका अदालतले अपदस्त गरेको छ । राष्ट्रपति योलमाथि लगाइएको महाभियोग प्रस्तावलाई शुक्रबार संवैधानिक अदालतले सदर गरे लगत्तै उनी अपदस्त भएकाे हो।
संवैधानिक अदालतका आठै जना सदस्य योलमाथिको महाभियोग सदर गरी उनलाई पदमुक्त गर्ने फैसला गरेकाे अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । अब ६० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ ।
गत डिसेम्बर ३ मा राष्ट्रपति योलले देशमा सैनिक कानुन घोषणा गरेका थिए । तर उनको घोषणालाई दुई घन्टामै संसदले उल्ट्याइदिएको थियो । रातारात बहुमत सांसदहरू उपस्थित भई भएर सैनिक कानुन लागु गर्ने राष्ट्रपतिको घोषणाविरूद्ध मतदान गरेका थिए ।
दक्षिण कोरियामा संसदले महाभियोग लगाएर मात्रै राष्ट्रपतिलाई हटाउन सक्दैन । संसदबाट लगाएको महाभियोगमा संवैधानिक अदालतले अन्तिम फैसला गर्छ ।


