गोरखा । ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीका अध्यक्ष र ब्यवस्थापकहरुलाई प्रशिक्षण गराईएको छ ।
गोरखा नगरपालिकाको आयोजनामा नगर क्षेत्र भित्र रहेका सहकारीका अध्यक्ष र ब्यवस्थापकहरुलाई प्रशिक्षण गराईएको हो ।
प्रशिक्षणमा नगरपालिका भित्र रहेका ५० भन्दा बढी सहकारीका ८५ जनाभन्दा बढी अध्यक्ष र ब्यवस्थापकहरुको सहभागिता रहेको सहभागी मध्ये एक सिद्वी गणेश बचत तथा ऋण सहकारी संस्था (साकोस) का ब्यवस्थापक गणेश श्रेष्ठले जानकारी दिए ।
सदरमुकाममा भएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका नवकुमार अधिकारीले सहभागीहरुलाई प्रशिक्षण गराएका थिए । अधिकारीले सहभागीहरुलाई हालै संशोधित सहकारी ऐनका बारेमा जानकारी दिनुका साथै अध्यक्ष एवं ब्यवस्थापकको काम, कर्तब्य र अधिकार सम्वन्धी प्रशिक्षण गराएका थिए ।
गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उप–मेयर मसली मायाँ थोकर पुनः, एकदेव खनाल, शरदबावु कट्टेल र रामबावु श्रेष्ठले शुभ कामना मन्तब्य राखेका थिए ।


